तालिम त भयो, तर शिक्षकले के सिके?
शिक्षक तालिमको प्रभावकारिता तालिमकक्षमा होइन, विद्यार्थीलाई कक्षामा अध्यापन गर्दा हुन्छ। तालिममा विशेषज्ञहरू बोल्छन्। शिक्षकहरू सुन्छन्। छलफल पनि गरिन्छ। अन्त्यमा सबैले 'तालिम राम्रो भयो' भन्छन्। तालिम सकिन्छ। प्रमाणपत्रहरू बाँडिन्छन्। अनि फोटाहरू सामाजिक सञ्जालमा देखिन्छन्।