अर्थ दर्पण
ब्रेकिङ समाचार

अब घरमै बसेर लाइसेन्स र राजस्व सम्बन्धी काम

रथ
रमेश थापा दाङ, साउन १४
समयः २ मिनेट ४ पटक हेरिएको
article on top
अब घरमै बसेर लाइसेन्स र राजस्व सम्बन्धी काम

सवारी साधन र चालक अनुमति पत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री र सहज बनाउन सरकारले साउन १ गतेदेखि मुलुकका सातै प्रदेशमा 'इडिएल भिआरएस सिष्टम' नामक नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ।

नेपाली इन्जिनियरहरूले नै विकास गरेको यस नयाँ प्रणालीमार्फत सेवाग्राहीले घरबाटै अनलाइन फारम भर्ने, नवीकरण गर्ने, राजस्व बुझाउने, मेडिकल जाँचका लागि चिकित्सक रोज्ने तथा ट्रायल दिने स्थान छनोट गर्नेजस्ता सुविधाहरू पाउनेछन्।

दाङको तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय पुगेका सेवाग्राहीहरूले अनलाइन प्रणालीका कारण लाइनमा बस्ने झन्झट छुटेको र समय तथा खर्चको बचत भएको बताएका छन्।

प्यूठानका १६ वर्षीय सन्दर्भ गन्धर्व र घोराहीका रामकुमार घर्तीले अनलाइन प्रणाली प्रयोग गरी सहजै लाइसेन्स र राजस्वसम्बन्धी काम फत्ते गर्न पाउँदा खुसी व्यक्त गरे।

नयाँ प्रणाली सुरू गर्दा प्राविधिक समस्या आएका कारण साउन १२ गतेसम्म मुलुकभरका यातायात कार्यालयमा सर्भर डाउन भई सेवा प्रभावित भएको थियो।

तुलसीपुरस्थित यातायात कार्यालयका कर्मचारीहरूका अनुसार सुरूआती चरणमा कर्मचारीलाई पर्याप्त तालिम नहुँदा कार्य सम्पादनमा केही कठिनाइ भए पनि लाइसेन्स फाँटमा सेवाग्राहीको भीड घट्दै गएको छ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमका अनुसार साविकको केन्द्रीकृत प्रणालीको साटो सातै प्रदेशमा छुट्टाछुट्टै सर्भर राखिएकाले प्राविधिक समस्या तत्काल समाधान गर्न र प्रदेश अनुकूल करका दर निर्धारण गर्न सहज हुनेछ।

सुरूआती चरणमा केही प्राविधिक र व्यावहारिक अभ्यासका चुनौती देखिए पनि यो प्रणाली यातायात क्षेत्रको सेवा सुधारमा कोशेढुंगा साबित हुने विश्वास मन्त्रालयले लिएको छ।

भविष्यमा यसै प्रणालीमार्फत कागजी ब्लुबुकको साटो डिजिटल कार्ड वितरण गर्ने लक्ष्यसमेत सरकारको रहेको छ।

article middle

प्रकाशित मितिः १४ साउन २०८३

सम्बन्धित समाचार

७ करोड २५ लाखको पुरस्कार बाँडेर यस्तो छ सरकारले खोजेको परिणाम

७ करोड २५ लाखको पुरस्कार बाँडेर यस्तो छ सरकारले खोजेको परिणाम

विशेषतः घरायसी र व्यक्तिगत प्रयोजनका लागि सामान किन्ने उपभोक्तामध्ये करिब ३९० जनालाई यो पुरस्कार वितरण गरिने भएको हो। यसका लागि उपभोक्ताले खासै झन्झट बेहोर्नु पर्दैन। यदी सय रूपैयाँभन्दा बढीको सामान विद्युतीय भुक्तानी (क्युआर वा कार्ड) बाट किन्ने हो भने निश्चित समयका लागि बिल सुरक्षित राख्नुपर्छ।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक

मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गरेको छ। ग्राहकहरूको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउने उद्देश्यले सार्वजनिक गरिएको यो अफर अन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

३४७ कार र ७०० मोटरसाइकल अट्ने धरहराको निःशुल्क भूमिगत पार्किङ

३४७ कार र ७०० मोटरसाइकल अट्ने धरहराको निःशुल्क भूमिगत पार्किङ

काठमाडौंको मुख्य बजार क्षेत्रलाई समेट्ने गरी धरहरामा निःशुल्क भूमिगत पार्किङ संचालनमा रहेको छ। राजधानीको अत्यधिक व्यस्त मध्येका सहर पर्ने कारण सवारी पार्किङको समस्या समाधान गर्न यो पार्किङ उपयोगी विकल्प बनेको छ।

तरकारी भाउले सेक्यो उपभोक्ताको ढाड, ५ गुणासम्म महँगियो

तरकारी भाउले सेक्यो उपभोक्ताको ढाड, ५ गुणासम्म महँगियो

सम्बन्धित निकायले बजार अनुगमन प्रभावकारी नबनाउने हो भने बिचौलिया र खुद्रा व्यापारीको चेपुवामा परेर किसानले उचित मूल्य नपाउने र उपभोक्ताको भान्सा झनै महँगिने छ ।

तपाईंलाई कस्तो लाग्यो? प्रतिक्रिया पठाउन सकिएन। फेरि प्रयास गर्नुहोस्।

प्रतिक्रियाहरू (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

footer