चालु आर्थिक वर्षमा वैदेशिक व्यापारमा उतारचढाव, अर्थविद्हरूको विश्लेषण
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक तथ्याङ्कले वैदेशिक व्यापारमा उतारचढाव देखाएको छ।
काठमाडौंको मुख्य बजार क्षेत्रलाई समेट्ने गरी धरहरामा निःशुल्क भूमिगत पार्किङ संचालनमा रहेको छ। राजधानीको अत्यधिक व्यस्त मध्येका सहर पर्ने कारण सवारी पार्किङको समस्या समाधान गर्न यो पार्किङ उपयोगी विकल्प बनेको छ।
काठमाडौंको मुख्य बजार क्षेत्रलाई समेट्ने गरी धरहरामा निःशुल्क भूमिगत पार्किङ संचालनमा रहेको छ।
राजधानीको अत्यधिक व्यस्त मध्येका सहर पर्ने कारण सवारी पार्किङको समस्या समाधान गर्न यो पार्किङ उपयोगी विकल्प बनेको छ।
सुन्धारा, न्युरोड, बसन्तपुर, असनलगायत क्षेत्रमा पुग्ने सर्वसाधारणले यहाँ सवारी राखेर पैदल जान सक्ने सुविधा पाएका छन्।
धरहराको तीन तहको भूमिगत पार्किङमा एकैपटक ३४७ वटा कार र करिब ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ।
हाल यसको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ। महानगरका अनुसार पार्किङ सेवा हाल पूर्ण रूपमा निःशुल्क छ।
सहरको मध्यभागमै रहेको यो पार्किङ प्रयोग गर्दा सडक किनारमा जथाभावी पार्किङ गर्ने प्रवृत्ति घट्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत सहजता भएको छ।
सुन्धारा आसपासका व्यापारिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुग्नेहरूका लागि धरहरा पार्किङ सहज र सुरक्षित विकल्पका रूपमा प्रयोग हुन थालेको छ।
प्रकाशित मितिः २० साउन २०८३
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक तथ्याङ्कले वैदेशिक व्यापारमा उतारचढाव देखाएको छ।
विशेषतः घरायसी र व्यक्तिगत प्रयोजनका लागि सामान किन्ने उपभोक्तामध्ये करिब ३९० जनालाई यो पुरस्कार वितरण गरिने भएको हो। यसका लागि उपभोक्ताले खासै झन्झट बेहोर्नु पर्दैन। यदी सय रूपैयाँभन्दा बढीको सामान विद्युतीय भुक्तानी (क्युआर वा कार्ड) बाट किन्ने हो भने निश्चित समयका लागि बिल सुरक्षित राख्नुपर्छ।
मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गरेको छ। ग्राहकहरूको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउने उद्देश्यले सार्वजनिक गरिएको यो अफर अन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
सम्बन्धित निकायले बजार अनुगमन प्रभावकारी नबनाउने हो भने बिचौलिया र खुद्रा व्यापारीको चेपुवामा परेर किसानले उचित मूल्य नपाउने र उपभोक्ताको भान्सा झनै महँगिने छ ।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।