अर्थ दर्पण
ब्रेकिङ समाचार

१० जना आरोही हराएको पाकिस्तानको ब्रोड पिकलाई किन मानिन्छ चुनौतीपूर्ण?

कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोहीहरू पाकिस्तानस्थित 'ब्रोड पिक' हिमाल आरोहण क्रममा बेपत्ता भएका छन्।तीमध्ये चार जनाको शव फेला परेको छ भने आरोहीहरूको खोजी र उद्धारका लागि हेलिकप्टर, ड्रोन र अन्य उपकरणहरू परिचालन गरिएका छन्।

साझाअनलाइन संवाददाता काठमाडौं, साउन १५
समयः ३ मिनेट ५४ पटक हेरिएको
article on top
१० जना आरोही हराएको पाकिस्तानको ब्रोड पिकलाई किन मानिन्छ चुनौतीपूर्ण?

कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोहीहरू पाकिस्तानस्थित 'ब्रोड पिक' हिमाल आरोहण क्रममा बेपत्ता भएका छन्।तीमध्ये चार जनाको शव फेला परेको छ भने आरोहीहरूको खोजी र उद्धारका लागि हेलिकप्टर, ड्रोन र अन्य उपकरणहरू परिचालन गरिएका छन्।

पाकिस्तानमै रहेका के-२ लगायतका हिमालबारे धेरैले सुनेका छन्। तर ब्रोड पिक र यसको भौगोलिक जोखिमबारे धेरैलाई थाहा नभएको हुन सक्छ।

विश्वकै खतरनाक मानिने के-२ बाट ८ किलोमिटर दूरीमा छ, ब्रोड पिक। यो के-२ भन्दा कम खतरनाक चाहिँ छैन।

निर्मल पुर्जाले आरोहणअघि आफैले ब्रोडपिकबारे लेखेका छन्।

'ब्रोड पिक, म तिमीसँग सुरक्षित रूपमा माथि पुग्ने र फर्किने बाटोबाहेक अरू केही माग्दिनँ। मैले कुनै पनि हिमाललाई सजिलो ठानेको छैन, एउटालाई पनि छैन,' उनले लेखेका छन्।

ब्रोड पिक समुद्र सतहदेखि ८ हजार ५१ मिटर उचाइमा छ। यो हिमशिखर विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमालहरूमध्ये १२ औं स्थानमा पर्छ।

पाकिस्तान र चीनको सिमानामा पर्ने प्रसिद्ध कारकोरम पर्वत शृंखलामा अवस्थित यो हिमाललाई स्थानीय बाल्टी भाषामा 'फाल्चन काङ्ग्री' अर्थात् 'चौडा हिमाल' भनिन्छ।

सन् १८९२ मा बेलायती अन्वेषक मार्टिन कन्वेले ब्रोड पिक भ्रमण गर्दा यसको शिखर करिब १.५ किलोमिटर लामो र अनौठो किसिमले फराकिलो देखेका थिए।

सामान्यतया हिमालका टाकुरा तिखा र चुच्चा हुने भए पनि यसको बनावट चौडा र समथलजस्तै भएकाले नै यसको नाम 'ब्रोड पिक' रहन गएको हो।

ब्रोड पिकको इतिहास सन् १९५७ जुन ९ बाट सुरू हुन्छ।

त्यति बेला अस्ट्रेलियन आरोहीहरूको टोली— फ्रिट्ज विन्टरस्टेलर, मार्कस श्मुक, कुर्ट डिम्बर्गर र प्रसिद्ध हर्मन बुहल— ले पहिलोपटक यसको शिखरमा पाइला टेकेका थिए।

उनीहरूको आरोहणको सबभन्दा ठूलो ऐतिहासिक विशेषता के थियो भने, उनीहरूले कुनै पूरक अक्सिजन र उच्च हिमाली शेर्पाहरूको सहयोगबिनै 'अल्पाइन स्टाइल' मा यो सफलता हासिल गरेका थिए।

तर, ६ दशकभन्दा बढी समय बितिसक्दा पनि ब्रोड पिकको त्रास, चुनौती र आकर्षण अलिकति पनि घटेको छैन भनेर बिबिसीले लेखेको छ।

साधारण नजरबाट हेर्दा ब्रोड पिकलाई यसै क्षेत्रको छिमेकी हिमाल के-२ र नेपालको अन्नपूर्ण जत्तिकै प्राविधिक रूपमा कठिन मानिँदैन। तर पर्वतारोहीहरूका अनुसार यसैभित्र यसको सबभन्दा ठूलो धोका लुकेको छ।

ब्रोड पिकको मुख्य शिखर पुग्नुअघि आरोहीहरू ८,०३५ मिटर उचाइमा रहेको एउटा अर्को टाकुरामा पुग्छन्, जसलाई पर्वतारोहणको भाषामा 'फल्स पिक' (भ्रामक टाकुरा) भनिन्छ।

थकान, अत्यधिक चिसो र अक्सिजनको कमीले शिथिल बनेका आरोहीहरू प्रायः यसैलाई मुख्य शिखर ठानेर भ्रममा पर्छन्। तर वास्तविक विजयका लागि त्यहाँबाट थप दुई घन्टा दुवैतर्फ हजारौं मिटर गहिरो भीर भएको साँघुरो धारमा सन्तुलन मिलाउँदै अघि बढ्नुपर्छ।

थोरै मात्र खुट्टा लड्खडाए वा हावाको झोंका आए आरोही सिधै हजारौं मिटर तल खस्ने जोखिम हुन्छ।

यसका अलावा कारकोरम क्षेत्रको मौसम नेपाल तर्फको हिमालयभन्दा निकै कठोर, सुख्खा र अप्रत्यासित हुन्छ।

'डेथ जोन' भनिने ८,००० मिटरमाथिको उचाइमा अचानक चल्ने तीव्र चिसो हावा जेट स्ट्रिम र क्षणभरमै आउने हिमपहिरोले स्थापित क्याम्पहरू समेत उडाइदिन्छ। ब्रोड पिकमा उक्लिँदा चट्टान र हिउँको भिरालो भाग पार गर्नुपर्ने भएकाले डोरी टांग्ने काममा थोरै गल्ती हुँदा पनि सिँगो टोली नै दुर्घटनामा पर्न सक्छ।

निर्मल पुर्जाजस्ता सयौं कठिन चुचुरोहरू सफलतापूर्वक चुमिसकेका अनुभवी र कीर्तिमानी आरोहीहरू सम्मिलित टोलीमाथि परेको यो बज्रपातले उच्च हिमाली क्षेत्रको अनिश्चिततालाई पुन: उजागर गरिदिएको छ।

ब्रोड पिकले आरोहीहरूबाट शारीरिक क्षमता मात्र माग्दैन, यसले धैर्य, गहिरो एकाग्रता र कठोर आत्मबलको परीक्षा लिन्छ।

article middle

तस्बिर ग्यालरी

१० जना आरोही हराएको पाकिस्तानको ब्रोड पिकलाई किन मानिन्छ चुनौतीपूर्ण?
१० जना आरोही हराएको पाकिस्तानको ब्रोड पिकलाई किन मानिन्छ चुनौतीपूर्ण?

प्रकाशित मितिः १५ साउन २०८३

सम्बन्धित समाचार

पाकिस्तानको ब्रोड पिकमा हराइरहेका आरोहीहरूको खोजी आज रातभर स्थगित

पाकिस्तानको ब्रोड पिकमा हराइरहेका आरोहीहरूको खोजी आज रातभर स्थगित

पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी कार्य शुक्रबार रातभरका लागि स्थगित गरिएको बिबिसीले जनाएको छ। बिहीबार हिउँपहिरोमा परी विश्वप्रसिद्ध नेपाली आरोही निम्स दाई (निर्मल पुर्जा) सहित १० जनाको टोली सम्पर्कविहीन भएको थियो।

बाघ सर्वेका ५ रोचक नयाँ खुलासा

बाघ सर्वेका ५ रोचक नयाँ खुलासा

नेपालमा बाघको संख्या अझै बढेको पछिल्लो खबरले प्रकृतिप्रेमी तथा संरक्षणकर्मीलाई उत्साहित तुल्याइदिएको छ। नहुनु पनि किन— १७ वर्ष अवधिमा रोयल बंगाल टाइगर भनेर चिनिने पाटे बाघको संख्या नेपालको तराई–मधेसका वन जंगलमा तीन गुणाभन्दा बढीले अकासिएको छ। त्यो क्रम अझै जारी रहने अपेक्षा छ।

तपाईंलाई कस्तो लाग्यो? प्रतिक्रिया पठाउन सकिएन। फेरि प्रयास गर्नुहोस्।

पर्वतारोहरणका कारण धनजनको क्षति हुने क्रम रोक्न के गर्नुपर्छ जस्तो लाग्छ, आफ्नो मत व्यक्त गर्नुहोस् ।

मत पठाउन सकिएन। फेरि प्रयास गर्नुहोस्।

प्रतिक्रियाहरू (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

footer