अर्थ दर्पण
ब्रेकिङ समाचार

पाकिस्तानको ब्रोड पिकमा हराइरहेका आरोहीहरूको खोजी आज रातभर स्थगित

पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी कार्य शुक्रबार रातभरका लागि स्थगित गरिएको बिबिसीले जनाएको छ। बिहीबार हिउँपहिरोमा परी विश्वप्रसिद्ध नेपाली आरोही निम्स दाई (निर्मल पुर्जा) सहित १० जनाको टोली सम्पर्कविहीन भएको थियो।

साझाअनलाइन संवाददाता काठमाडाैं, साउन १५
समयः १ मिनेट २ पटक हेरिएको
article on top
पाकिस्तानको ब्रोड पिकमा हराइरहेका आरोहीहरूको खोजी आज रातभर स्थगित

पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी कार्य शुक्रबार रातभरका लागि स्थगित गरिएको बिबिसीले जनाएको छ।

बिहीबार हिउँपहिरोमा परी विश्वप्रसिद्ध नेपाली आरोही निम्स दाई (निर्मल पुर्जा) सहित १० जनाको टोली सम्पर्कविहीन भएको थियो।

हराएकामध्ये ४ जनाको शव शुक्रबार भेटिएको छ। बाँकी टिमको खोजी कार्य जारी रहे पनि साँझसम्म कसैलाई भेटिएको छैन। रात परेसँगै खराब मौसमका कारण उद्धार तथा खोजी कार्य स्थगित गरिएको पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार बिहीबार मध्याह्नतिर दोस्रो र तेस्रो क्याम्पको बीचमा (करिब ७,००० मिटरको उचाइमा) शक्तिशाली हिमपहिरो खसेको थियो।

हिमपहिरोले शिखर चुम्ने लक्ष्यका साथ अघि बढेको आरोही टोलीलाई करिब १,००० मिटर तलसम्म बगाएको जिपिएस ट्र्याकरको विवरणले देखाएको छ।

फेला परेका चार शवमध्ये दुई जनाको पहिचान खुलेको छ। उनीहरू नेपालका पूरबहादुर गुरूङ र ओमानका नधिरा अहमद अबदुल्लाह अल हार्थी हुन्। अन्य दुई शवको भने पहिचान हुन बाँकी छ।

article middle

प्रकाशित मितिः १५ साउन २०८३

सम्बन्धित समाचार

तपाईंलाई कस्तो लाग्यो? प्रतिक्रिया पठाउन सकिएन। फेरि प्रयास गर्नुहोस्।

प्रतिक्रियाहरू (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

footer